काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंमाथि कारबाहीको माग गर्दै उजरी दिएका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले आफूमाथि अमर्यादित र गैरकानूनी आरोप लगाएको दाबीसहित हदैसम्मको कारबाहीको माग गर्दै पार्टी अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।
सांसद बजगाईंविरुद्ध थप कानुनी उपचारका लागि कानुन व्यवसायीसँग छलफल गरिरहेको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । सांसद बजगाईंले टाइगरटप्सलाई क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले सबै पोस्टहरू हटाएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्