काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएको छ। बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीको जिल्ला कमिटीबीच पाँच बुँदे सहमतिपछि एकीकृत समाजवादी आफ्नो उम्मेदवारी फिर्ता गरेर माओवादी केन्द्रका नरपुरा बुढालाई समर्थन गर्ने निर्णय गरेको हो।
माओवादीको पूर्वी रूकुम संयोजक कुमारी बराल र एकीकृत समाजवादीको इन्चार्ज भीउमान घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै सहकार्यको सहमति भएको जानकारी दिँदै निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आफ्ना मतदाताहरूलाई आह्वान गरेका छन्। माओवादी केन्द्रले यसअघि स्थानीय तह उपनिर्वाचनमा एक्लै लड्ने, कसैसँग गठबन्धन गर्ने बताउँदै आएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्