काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहका मतदाता नामावलीमा नाम भएका सरकारी कर्मचारीलाई विशेष बिदा आग्रह गरेको छ । सरकार र सरकारको नियन्त्रणमा सञ्चालित निकायहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूलाई विशेष बिदा दिने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको हो ।
आयोगले मतदाता नामावलीमा नाम समावेश भएका कर्मचारी वा पदाधिकारीलाई उपनिर्वाचनका दिन विशेष बिदाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय गरेको हो । आयोगले यसअघि नै उपनिर्वाचन हुने स्थानीय तहमा बिदा दिन पत्र पठाइसकेको छ ।
मंसिर १६ गते स्थानीय तहका ४१ पदमा उपनिर्वाचन हुँदै छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्