रवि लामिछानको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी सर्‍यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेसी आगामी चैत १८ गतेका लागि सरेको छ । सोमबार न्यायाधीश हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा हेर्न नभ्याइनेमा परेर स्थगित भएको मुद्दामा चार महिनापछिको पेसी तोकिएको हो ।

महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेपछि युवराज सफलले बदरको माग गर्दै २०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । यस मुद्दामा यसअघि सर्वोच्चले तीनपटक फाइल मगाउने निर्णय गरेको छ । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश माग गरे पनि न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । हाल लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ गरेर अनुसन्धानका लागि थुनामा छन् ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्