काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नराम्रो कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । शुक्रबार आदिवासी जनजाती महिलाहरूको प्रथम राष्ट्रिय भेलामा उनले कूप्रचारको नेतृत्व माओवादीले गरिरहेको आरोप लगाए ।
ओलीले प्रचण्ड नेतृत्वमा एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय रहेको जिकिर गरे । “प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनुभएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ,” ओलीको दाबी छ ।
उनले आफूमाथि लगाइएका आरोप र भ्रम काठमाडौंमा नै बसेर पचाइदिने समते बताए । उनले भ्रममा नपर्न पनि आग्रह गरे । उनले प्रचण्डले भ्रष्टाचारीको संरक्षण गरेर आफूविरुद्ध आरोप लगाएको भन्दै आपत्ति समेत जनाए ।
कांग्रेस र एमालेबीचको गठबन्धन अनुचित शक्तिहरूलाई बोक्नुपर्ने बाध्यतालाई सखाप पारौँ भन्ने संकल्पका साथ गरिएको सुनाए ।