एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक बाउन्स सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो । चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्