काठमाडौँ । भारतको गृह मन्त्रालयले रक्सी नीतिमा घोटालासम्बन्धी मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई मुद्दा चलाउन अनुमति दिएको छ । गृह मन्त्रालयले केजरीवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी) लाई स्वीकृति दिएको हो ।
गएको वर्षको नोभेम्बरमा सर्वोच्च अदालतले लोकसेवकमाथि मुद्दा चलाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने आदेश दिएको थियो । केजरीवाललाई ईडीले रक्सी मुख्य योजनाकार मान्दै आएको छ ।
केन्द्रीय गृह मन्त्रालयले केजरीवाललाई रक्सी घोटाला प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणमा संलग्न भएको आरोपमा सम्पत्ति शुद्धीकरण अधिनियम ९पीएमएलए० अन्तर्गत मुद्दा चलाउन ईडीलाई निर्देशन दिएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी