काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश्कुमार थपलियाले निर्वाचन ऐनमा भइरहेको ढिलाइमा असन्तुष्टि व्यक्त गरेका छन्। सबै दलको सहमतिमा डेढ वर्षअघि निर्णय गरेर पठाएको ऐन अगाडि नबढेको भन्दै प्रमुख आयुक्त थपलियाले असन्तुष्टि जनाएका हुन्।
निर्वाचन सुधारको विषय ओठेभक्ति हो कि यथार्थ हो भनेर खोज्नुपर्ने भन्दै थपलियाले प्रवृत्ति नफेरिएसम्म निर्वाचन प्रणाली जतिपटक फेरे पनि स्थिरता आउन नसक्ने टिप्पणी गरे।
मतदाता नामावली अध्यावधी नभएका कारणले मृत्यु भइसकेका मानिसको नाममा समेत मतदान हुने गरेको गुनासो आउने भन्दै उनले नामावली ४र४ महिनामा स्वचालित रुपमा अध्यावधिक गर्ने प्रणाली स्थापित गर्ने प्रस्ताव गरिएको समेत बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्