काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सानो देश भनेर हिनताबोध पाल्न जरुरी नरहेको भन्दै छिमेकीहरुसँग खुलस्त ढंगले आफ्ना कुरा राख्नुपर्ने बताएका छन्। नेकपा एमाले परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै बिषयमा तर्कपूर्ण र तथ्यपूर्ण ढंगले राख्नुपर्नेमा जोड दिए। ‘आफ्नो दृष्टिकोण, आफ्नो पोजिसन यहाँनेर छन् र यी जायज छन् भन्ने कुरा खुलस्त ढंगले पुष्टि गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘हवाइ उड्यनका सम्बन्ध, सीमा नाकाहरुको सम्बन्ध, उद्योग कहाँ खोल्ने, नखोल्ने भन्ने सम्बन्धमा। अथवा यो वा त्यो सबै इस्यूमा।’
कुरा चपाएर बोल्ने कुरालाई कूटनीति नभनिने भन्दै उनले स्पष्ट र बुझिनेगरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्