Skip to content

हनुमानढोकाको दशैं घरमा राखियो जमरा (फोटो-कथा)

कालोपाटी

२ महिना अगाडि

काठमाडौं । नेपालीहरूको महान् चाड बडा दशैं आजबाट सुरु भएको छ । यस अवसरमा दशैंको पहिलो दिन सोमबार काठमाडौंको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ।

दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हो ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ ।

यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्