काठमाडौं । इष्टर्न हाईड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लक–इन अवधि आगामी कात्तिक महिनामा समाप्त हुने भएको छ । यसमा संस्थापक समूहका ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता शेयर समावेश छन।
कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो । तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरुका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्