काठमाडौं । दशैंको रौनकसँगै पोखरा भरि चहलपहल बढ्न थालेको छ । चाडपर्व नजिकिँदै जाँदा बजारमा किनमेल गर्नेको भिड बढेको छ भने मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा (भेडा) पोखरा भित्र्याउने क्रम पनि तीव्र भएको छ ।
मुस्ताङका विभिन्न गाउँहरूबाट व्यापारीहरूले च्याङ्ग्रा ल्याएर पोखराका विभिन्न स्थानमा बिक्री गर्न थालेका छन् । दशैंमा च्याङ्ग्राको मासु विशेष स्वादिष्ट मानिने भएकाले उपभोक्ताको आकर्षण पनि उत्तिकै छ ।
पोखराका स्थानीयवासी मात्र नभई आसपासका गाउँबस्तिबाट समेत दशैंको किनमेलका लागि मानिसहरू पोखरा झर्ने गर्दछन् । यसरी मुस्ताङबाट च्याङ्ग्रा भित्र्याउँदै, हरिचोकदेखि यम्दी क्षेत्रसम्म पोखरामा दशैंको पूर्ण रौनक देखिएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्