काठमाडौं । भ्रष्टचार विरुद्धको आन्दोलन गरेका जेनजी युवा समुहका अभिभावकको रुपमा गठन भएको जेन–वाई रिबेलियनले संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी जेन–वाई रिबेलियनले देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेका हुन् ।
नेपालको संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना पुरा गर्न नसक्ने जेन वाई रिबेलियनका संयोजक विजय कँडेलले बताए ।
प्रेस विज्ञप्ति बाचन गर्नै उनले भने, ‘हामी सरकारका पछिल्ला कदमहरुबाट असन्तुष्ट छौं । हामीले बुझेका छौं , वर्तमान सरकारलाई संवैधानिक संकट छ । वर्तमान संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना साकार पार्न सक्दैन । देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्छ ।’
सरकारको कामले असन्तुष्ट भएको भन्दै संसद् विघटन भइसकेको र देश संवैधानिक संकटमा फसेको बताए । ‘हामी संविधान विरोधी होइनौं, तर परिवर्तनको पक्षधर हौं । संविधान जनताको हुनुपर्छ, नेताहरूको होइन,’ उनले भने ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्