काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ ।सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमती गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितीमा हिजो राती गठबन्धनबीच सहमती भएको हो । जनमत पार्टी पनि यसमा सहभागी हुने जनाइएको छ ।
नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा माओबादी, नेकपा एस र जनमत पार्टी सहभागी रहेको जनाइएको छ । यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद रहेका छन् । उनीहरुले आजै सरकारको नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।
यस अघि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको गठबन्धन सहमतिको पत्र प्रदेश प्रमुख कार्यालयमा केही दिन बुझाएको थियो । हिजो जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलग भएपछि केही असर परेको बुझिएको छ ।
सरकारको नेतृत्वका लागि आज लागि आज ४ बजेसम्म दाबी पेस गर्न समय तोकिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्