Skip to content

कुटपिटमा घाइतेको उपचारका क्रममा मृत्यु, प्रहरीद्वारा एक जना नियन्त्रणमा

कालोपाटी

१ महिना अगाडि

काठमाडौं । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भएको कुटपिट घटनामा एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवनपछि खुसीमानलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । घाइते भएका खुसीमानलाई उपचारका लागि अस्पतालमा लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्