काठमाडौं । नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । नेपाली क्रिकेटका हस्ती मानिने भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यास लिएका हुन् ।
हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ ।
शरदले सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए । नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्न शरद पनि प्रमुख खेलाडी हुन् । नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीका शरद समेत सदस्य हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्