काठमाडौं । जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु भएको छ । मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जंगली मुख्यमन्त्री राजिनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।हिजो बेलुका मुख्मयन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध गरिरहेका थिए । सोही समयमा सुरक्षाकर्मीहरुले लाठी चार्ज गर्दा दर्जन बढी घाईते भएका थिए ।
सो घटना पश्चात ७ दलिय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आज विहान ८ः३० बजेदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए । ७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्ट रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्