काठमाडौं । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषदले प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी निकालेको छ । परिषद स्थापना भएको एक वर्ष पुगेको अवसरमा परिषदले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ जनकपुरधाममा प्रभातफेरी निकालेको छ ।
जनकपुरधामको रेल्व स्टेसन चोकबाट निकालिएको प्रभातफेरी र्याली जनकपुरधामको विभिन्न चोक हुँदै जानकी मन्दिरको प्राङ्गनमा पुगेर समापन भएको थियो । प्रभात फेरिमा परिषदका सदस्य, विद्यार्थी, खेलकुद प्रेमी र खेलकुद मन्त्रालयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
परिषदले मधेश प्रदेशका युवा तथा खेलाडिहरुलाई खेलसंग जोड्ने प्रयास र पहलहरु गरेको परिषदको सदस्य सचिव शिवजी प्रसादले जानकारी दिए । परिषदले खेलाडिहरुको वर्गिकरण, तलब, सेवा, सुविधा, खेलकुद सामग्री उपलब्ध गराउनुलगायतका खेलसंग जुडेका कार्यहरु गर्दै आएको सचिव शिवजीले बताए ।
उनले आगामि दिनमा राष्ट्रिय स्तरको खेलमा मधेश प्रदेशलाई सहभागी गर्न र त्यस्ता खेलहरुको आयोजना प्रदशले नै गर्ने लक्ष्यसहित काम गरिरहेको उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्