Skip to content

सुनको मूल्य ४ सयले घट्यो, चाँदी ६० रुपैयाँले बढ्यो

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४ सय कायम भएको हो ।

बुधबार ९ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सय पुगेको थियो। यस्तै, आज सुनको मूल्य घटे पनि चाँदीको भने मूल्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार २ सय ८० कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्