काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जेनजीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा दमन र धरपकड भएको भन्दै निन्दा र भत्र्सना गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै संगठनले माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, दमन र धरपकड भएको भन्दै निन्दा र भत्सर्ना गरेको हो ।
जेनजी आन्दोलनलाई अपहरण गरि बनेको सुशीला कार्की नेतृत्वको सरकार तीन महिना बढी भइसक्दा पनि कुनै सकारात्मक कामहरू गर्न नसकेको समेत संगठनको आरोप छ ।
विज्ञप्तिमा लेखिएको छ,‘अग्रगामी निकासका लागि आज माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षेप, दमन र धरपकडको हाम्रो संगठन अखिल (क्रान्तिकारी) कडा निन्दा र घोर भत्सर्ना गर्दछ ।’ आन्दोलनको क्रममा गिरफ्तार सबैलाई यथाशीच राराम्मान रिहाइ गर्न जोडदार माग समेत संगठनले गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्