Skip to content

जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ।

एक कार्यक्रमका बीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यसहित दुवै पार्टी एकीकरणमा गएका हुन्।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ। नेताहरूले यस एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्