काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको उम्मेदवार बन्दसूची आज दिउँसो निर्वाचन आयोगमा बुझाएको छ। यसअघि विभिन्न कारणले कांग्रेसले सूची बुझाउन ढिलो गरेको थियो।
खसआर्यतर्फका तीन महिलालाई सूचीमा कसलाई राख्ने भन्नेमा पार्टीभित्रको विवादका कारण बन्दसूची अन्तिम रूप दिन लामो समय लागेको थियो। अन्ततः कांग्रेसले संशोधनपछि एक सय १० जनाको नाम सूचीमा समावेश गर्दै पेश गरेको छ।
बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दल नेपाली कांग्रेस बनेको छ। राजनीतिक दलहरूले समानुपातिक उम्मेदवार सूची बुझाएसँगै आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको चुनाव सुनिश्चित हुने सम्भावना बढेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले राजनीतिक दलले पेश गरेका समानुपातिकतर्फको बन्दसूचीको आजदेखि छानबिन सुरु गर्ने जनाएको छ। आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, छानबिन यही २० गतेसम्म हुने छ।
छानबिनपछि पुस २१–२७ गतेसम्म दलले सूची मिलाउने, पुस २८–माघ ३ गतेसम्म आयोगले मिलाएको सूची ठीक छ वा छैन भनी समीक्षा गर्नेछ। अन्ततः माघ ४ गते बन्दसूची प्रकाशन हुने छ भने माघ २० गते अन्तिम सूची प्रकाशित गरिने छ।
आयोगका अनुसार आउँदो फागुन २१ गते प्रतिनिधि सभाको चुनावका लागि समानुपातिकतर्फ ६४ दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्।
यसैबीच, निर्वाचन आयोगले उम्मेदवारको खर्च सीमा निर्धारण गरेको छ। सुगम जिल्लाका उम्मेदवारका लागि र दुर्गम जिल्लाका उम्मेदवारका लागि फरक–फरक खर्च सीमा तोकिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्