Skip to content

पोखरा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने अदालतमा उपस्थित

कालोपाटी

३ घण्टा अगाडि

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पोखरा आइपुगेका छन्। जिल्ला अदालत कास्कीमा अन्य प्रतिवादीहरूको म्याद मिलाउन उनले तारिख बुझ्न आएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले जानकारी दिएका छन्।

रवि लामिछाने यसअघि धरौटीमा छुटेका थिए। अदालतका सूचना अनुसार, “अबदेखि सबै प्रतिवादीको एकै मितिमा तारिख हुनेछ,” उनले बताए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने २०८१ कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। पुस २५ गते उनले ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। यस प्रक्रियासँगै अन्य प्रतिवादीको मुद्दा पनि एउटै मितिमा सुनुवाइ हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्