Skip to content

बीवाईडी टेस्लालाई उछिन्दै विद्युतीय गाडीको सबैभन्दा ठूलो विक्रेता

कालोपाटी

३४ सेकेन्ड अगाडि

 काठमाडौं । चिनियाँ कम्पनी बीवाईडीले अमेरिकी अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको टेस्लालाई उछिन्दै विद्युतीय गाडी (ईभी) बजारमा सबैभन्दा ठूलो विक्रेता बन्ने स्थिति बनाएको छ।

कम्पनीले भर्खरै सकिएको सन् २०२५ मा २२ लाख ५० हजार गाडी बिक्री भएको जानकारी दिएको छ। यो अघिल्लो वर्षको तुलनामा २८ प्रतिशत वृद्धि हो।

यसैबीच, टेस्लाले पनि आफ्नो बिक्री संख्या सार्वजनिक गर्न लागेको छ। विश्लेषकहरूको अनुमान अनुसार, टेस्लाले सन् २०२५ मा करिब १६ लाख ६५ हजार गाडी बिक्री गरेको अनुमान गरिएको छ।

विश्लेषकहरूले बजारमा कम मूल्यमा गाडी बिक्री गर्ने कम्पनीको प्रतिस्पर्धा र एलोन मस्कको राजनीतिक गतिविधिका कारण टेस्लाको बिक्री प्रभावित भएको बताएका छन्। मस्कले सन् २०२५ को शुरूका तीन महिनामा प्रशासनसँगको संलग्नताका कारण टेस्लामा पर्याप्त ध्यान दिन नसक्दा बिक्री घटेको बताइएको छ।

बीवाईडीले केही वर्षदेखि तीव्र गतिमा बजार विस्तार गर्दै आएको छ। यद्यपि सन् २०२५ मा पाँच वर्षको अवधिमा यसको बिक्री वृद्धि दर सबैभन्दा कम भएको छ। त्यसबाहेक, बीवाईडी अझै विश्वव्यापी विद्युतीय गाडी बजारमा शक्तिशाली कम्पनीको रूपमा कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्