Skip to content

रास्वपाले सोमबार एकता घोषणा गर्ने, आगामी राजनीतिक कार्यदिशा तय हुने

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा, सभा भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृह मा हुने जनाइएको छ।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टी सँग एकता गर्ने सहमति जनाएको थियो।

रास्वपाका अनुसार, भोलि हुने सभाबाट एकता प्रक्रिया पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्टता आउनेछ। यसले पार्टीभित्रको संगठनात्मक मजबुतीसँगै आगामी रणनीतिक निर्णयहरूमा पनि मार्गदर्शन दिनेछ।

प्रतिक्रिया दिनुहोस्