काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढ्दै गएको भन्दै लण्डनस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि प्रायोजक खोजिदिने, रोजगारी सुनिश्चित गरिदिने जस्ता आश्वासन दिएर नेपालीहरू ठगीमा परेको गुनासो बढेको उल्लेख छ।
विज्ञप्तिअनुसार ठगी गर्नेहरूमा कतिपय नेपालीमूलका व्यक्तिहरू नै संलग्न रहेको पाइएको छ। साथै, चिनेजानेकै नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराइ ठगीमा पारिएको गुनासोसमेत दूतावासमा पुगेको जनाएको छ।
बेलायतमै रहेका तर रोजगारीको खोजीमा रहेका नेपाली नागरिकसमेत ठगीमा परेको गुनासो बढ्दै गएको दूतावासले जनाएको छ। ठगीमा परेको गुनासो गर्नेहरूमध्ये नेपालबाट बेलायत आउन चाहनेहरूको संख्या बढी रहेको पनि दूतावासले स्पष्ट पारेको छ।
यस्ता किसिमका ठगीजन्य गतिविधि नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय अपराध भएकाले समस्या परेको खण्डमा नेपालका सम्बन्धित अनुसन्धान निकायमा तथा बेलायतमा स्थानीय प्रहरी र नेशनल एन्टी–फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न दूतावासले सुझाव दिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्