काठमाडौँ । परालको टौवामा उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्। मकवानपुर जिल्ला बागमती–१३ घर भई हाल गोरखा–१४ स्थित प्युघरमा बस्दै आएकी ३० वर्षीया हीरा पहरीसहित उनका १२ वर्षीय छोरा किसान, ६ वर्षीय छोरा हिमाल र ५ वर्षीया छोरी सुजिता बिरामी भएका हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार सोमबार साँझ घर नजिकैको परालको थुप्रो ( टौवा )मा उम्रिएको च्याउ टिपेर तरकारी बनाएपछि बिरामी परेको हो। च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएका थिए।
तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याइएको थियो। अहिले उनीहरूको अवस्था स्थिर छ र सबै बोल्न सक्ने अवस्थामा छन्। प्रहरी घटनाको थप अनुसन्धान अघि बढाइरहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्