Skip to content

राष्ट्रियसभा उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने, ४४ जनाको उम्मेदवारी

कालोपाटी

२ हप्ता अगाडि

काठमाडौँ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका व्यक्तिविरुद्ध आज उजुरी दिन सकिने भएको छ। उम्मेदवारको दाबीविरुद्ध उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।

हिजो सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूको मनोनयन दर्ता भएको थियो। १८ पदका लागि कुल ४४ जनाले उम्मेदवारी दिएका छन्।

कोशी प्रदेशमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएको छ। नेकपा (एमाले) ले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन्। यद्यपि, यसको औपचारिक घोषणा हुन बाँकी छ।

राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन बनेको छ। गठबन्धनअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएका छन्।

भागबण्डा नमिलेपछि नेकपाले भने छुट्टै उम्मेदवारी दर्ता गराएको छ। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार