काठमाडौं । सुन्धारास्थित बागदरबारको प्रबलीकरण ९रेट्रोफिटिङ० ले तीव्रता पाएको छ । पहिले यहाँ महानगरपालिका कार्यालय थियो । कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ ।
निकै पुरानो भवन भएकोले भवन कतै भत्केको त कतै चर्किएको छ । बागदरबार २०७२ सालको भूकम्पले जीर्ण बनेको हो । लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चलेको थियो । अन्ततः प्रबलीकरण गर्ने सहमति भएपछि अहिले काम भइरहेको छ ।
प्रबलीकरणको ठेक्का ३६ करोड ९० लाख रुपैयाँमा तीन वटा कम्पनीले संयुक्त रुपमा लिएका छन्। २०८२ मंसिर १५ मा ठेक्का सम्झौता भएकोमा यसको निर्माण सम्पन्न अवधि २०८४ मंसिर १५ रहेको छ । बाँकी तस्बिरमा हुर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्