Skip to content

इक्यान निर्वाचन २०८२ : अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् । इक्यानको संस्थागत विकास तथा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउने उद्देश्यसहित ती एजेन्डा सार्वजनिक गरिएको उनले बताएका छन् ।

इक्यान निर्वाचन २०८२ का लागि आफ्नो समूहको उम्मेदवारी घोषणा सभामा बोल्दै भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार व्यवस्थापन, शाखा विस्तार, नीतिगत सुधार तथा इक्यानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने विषयलाई प्राथमिकतामा राखेर एजेन्डा तयार गरिएको जानकारी दिए ।

उनले भने, “२०२६ को आगमनसँगै हाम्रो समूहले २६ वटा एजेन्डा सार्वजनिक गरेको छ । यी एजेन्डाले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न, बजार व्यवस्थापन गर्न, शाखा विस्तार गर्न र इक्यानलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।”

करिब १२ वर्षदेखि निरन्तर इक्यानमा सक्रिय रहँदै आएको उल्लेख गर्दै भुसालले इक्यान आफ्नो बानी र पहिचानको हिस्सा बनिसकेको बताए । आगामी कार्यकालमा पूर्ण समय इक्यानका गतिविधिमा समर्पित हुने र आवश्यक परे जुनसुकै समयमा पनि उपलब्ध हुने प्रतिबद्धता उनले व्यक्त गरे ।

भुसालको समूहबाट सदस्य पदका उम्मेदवारमा विवेक बस्नेत, उद्धव वन, संजीव पाण्डे, नवराज नेपाल, कमल तिम्सिना र दामोदर शर्मा रहेका छन् । यस्तै, केन्द्रीय सदस्यमा बसन्त पाण्डे, अशोककुमार हाथी र अनन्तराज घिमिरे उम्मेदवार छन् ।

सह–कोषाध्यक्षमा गोविन्द खनाल र उमा खड्का पाठक, सचिवमा सुरज सिलवाल र आशिक कार्की तथा महासचिवमा भवनाथ हुमागाई उम्मेदवार रहेका छन् । उपाध्यक्ष पदमा रत्नबहादुर भट्टराई, मन्जित ढकाल र विकल्पराज पोखरेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार