Skip to content

‘पार्टी विभाजन नहोस् भन्नेमा सतर्क छु’ : शेखर कोइराला

कालोपाटी

४ दिन अगाडि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्नेमा आफू सतर्क रहेको बताएका छन् । विशेष महाधिवेशन सुरु हुनै लाग्दा जारी भिडियो सन्देशमा उनले देश निर्वाचनको संघारमा रहेको र संविधान जोगाउनुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा परेको भन्दै पार्टी एकतामा ध्यान दिनुपर्ने बताए।

उनले भने, “आज देश निर्वाचनको संघारमा छ। संविधान क्षतिविक्षत अवस्थामा छ। जेनजी आन्दोलनपछि संविधानहीनताको अवस्था सम्झेर हामी भविष्यको निर्वाचनमार्फत यसलाई बचाउने प्रयासमा छौँ।”

कोइरालाले जेनजी आन्दोलनले राजनीतिक दलहरूको विफलताको प्रश्न उठाएको उल्लेख गर्दै कांग्रेसमा संगठित गतिविधि बढेको भन्दै विशेष महाधिवेशनतर्फ संकेत गरे।

उनले व्यक्तिगत महत्वकांक्षा नभएको पनि स्पष्ट पारे। “मेरो निजी महत्वकांक्षी केही छैन। मन्त्री वा प्रधानमन्त्री बन्ने अवसर आए मैले रुचि देखाउँछु, तर पार्टी सभापति वा प्रधानमन्त्री बन्ने लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको जीवन दर्शन यही हो। म शान्त आवाज उठाइरहने छु।”

कोइरालाले पार्टीको कार्यसम्पादन समितिको बैठकमा लिखित रूपमा विशेष महाधिवेशनबारे आफ्नो धारणा राखेको बताए। उनले पार्टी विभाजन रोक्न सतर्क रहेको र अपमान सहन तयार रहेको बताए।

“के हामी सबै कांग्रेसजन मिलेर महाधिवेशन गर्न सक्दैनौँ? महाधिवेशन प्रतिनिधि पार्टीको धरोहर हुनुहुन्छ। विधान कार्यान्वयनको लागि काठमाडौँमा आउनु भएको छ। निकासका लागि म निरन्तर लागिरहेको छु,” उनले भने।

प्रतिक्रिया दिनुहोस्