काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले आयोजना गर्न लागेको संयुक्त निर्वाचन वहिष्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता जनाउने घोषणा गरेको छ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघले सरकारलाई पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिक गरेको छ। संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्यान्डेटलाई बेवास्ता गर्दै हुने निर्वाचनलाई सशक्त रूपले बहिष्कार गर्ने चेतावनी दिएका छन्।
तिमल्सिनाका अनुसार, पुष २५ मा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मार्फत संघले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ४३ बुँदे माग पत्र सरकारलाई बुझाएको थियो। तिमल्सिना भन्छन्, “देशको राष्ट्रिय स्वाधीनता तथा जनताको स्वतन्त्रता कुण्ठित हुँदै गएको छ। सरकारले हाम्रा माग सम्बोधन नगरे निकट भविष्यमा कडा संघर्ष गर्नेछौं।”
हालै १३ दिन हिरासतमा बसेर रिहा भएका संघका सचिवालय सदस्य शंकर शाहीले अनावश्यक रूपमा पक्राउ गरिएको भन्दै रोश व्यक्त गरेका छन्। शाहीले प्रहरी प्रशासन र म्यानपावर व्यवसायी संघको मिलेमतो रहेको आशंका गर्दै भने, “मानव तस्कर र देशद्रोहीको उक्साहटमा मलाई अनावश्यक दुःख दिए, यसको भविष्यमा मूल्य चुकाउनुपर्नेछ।”
कार्यक्रममा संघका सहसंयोजक दोर्ची शेर्पा, युवा नेता सोम नगरकोटी, क्रान्तिकारी खेलकुद महासंघका केन्द्रीय संयोजक सूर्य भूजेल, तथा क्रान्तिकारी उद्योग तथा वाणिज्य संघका केन्द्रीय संयोजक शिव धिमालको पनि उपस्थिती रहेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्