काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी र देशका लागि दृढताका साथ अघि बढ्न आग्रह गरेका छन् ।
आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले देश र पार्टी जोगाउने उद्देश्यले उठाइएको कदमलाई बीचमै नछोड्न आग्रह गरे ।
‘म महामन्त्रीद्वयलाई बधाई दिन चाहन्छु । तपाईंहरू अघि बढ्नुस्, नरोकिनुस्,’ उनले भने, ‘देश विकासको जुन खुड्किलो कुरिरहेको छ, त्यससम्म पुर्याउनुस् । यसको सार्थक पुरस्कार देश र पार्टीले पाउनेछन् ।’
चौधरीले विगत ३५ वर्षमा ३५ वटा सरकार बने पनि देश सञ्चालनका आधारभूत योजनाहरू कांग्रेसकै नेतृत्वमा तय भएको दाबी गरे । उनले अर्थतन्त्रलाई बलियो बनाउने ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सक्ने नेतृत्व आज देशले खोजिरहेको बताए ।
‘भविष्यका लागि प्रतिबद्ध, जिम्मेवार र निर्णय गर्न सक्ने नेतृत्व आवश्यक छ,’ चौधरीले भने, ‘त्यसका लागि कांग्रेसले फेरि पनि देशलाई दिशानिर्देश दिनुपर्छ ।’
उनले पार्टीभित्रको मतभेदलाई अवसरमा रूपान्तरण गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्न नेतृत्वलाई आह्वान गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्