काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई किनारामा राखेर विशेष महाधिवेशन आयोजना गरिएको भन्दै त्यसप्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले कांग्रेस नेताहरूले विशेष महाधिवेशनको नाममा एमालेप्रति आलोचना गरेकोतर्फ संकेत गर्दै एमालेको राजनीतिक संस्कार त्यस्तो नभएको स्पष्ट पारेका छन् । उनले एमालेको चरित्र नेतृत्वको अपमान गरेर अघि बढ्ने खालको नभएको दाबी गरेका हुन् ।
थापाले लेखेका छन्, ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन।’ उनले यस्तो प्रवृत्तिप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै अन्त्यमा ‘चेतना भया!’ भन्ने शब्दसमेत प्रयोग गरेका छन् ।
उनको यो प्रतिक्रिया नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्किँदै जाँदा सभापति देउवालाई बाहिर राखेर अघि बढ्ने प्रयास भएको आरोपसँग जोडिएको छ । थापाको अभिव्यक्तिलाई एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा दिइएको सन्देशका रूपमा लिइएको छ ।
हाल कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर आन्तरिक बहस तीव्र हुँदै गएको सन्दर्भमा थापाको धारणा सार्वजनिक भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्