काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतले पेसी तोकेको छ। न्यायाधीश त्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ हुनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ ४ गते मेयर थापाविरुद्ध ५६ करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गर्दै माछापोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोप लगाएको थियो। आयोगले बागमती नगरपालिका वडा ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजना अन्तर्गत वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन गरी माछापोखरी निर्माणमा करोडौँ रकम दुरुपयोग गरेको दाबी गरेको छ।
विशेष अदालतले थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजय कुमार विरुद्ध पनि समान बिगो मागदाबी गरेको छ। अख्तियारले मेयर थापासहित अन्य व्यक्तिहरूलाई विपक्षी बनाएको छ, जसमा बिमल कुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरन्जन लामीछाने, विजय कुमार, गोकुल भुजेल र लीला कुमारी मुक्तान रहेका छन्।
अभियोग अनुसार माछापोखरी निर्माणको नाममा गैरकानुनी संरचनाहरू निर्माण गरिएको र साबिक वन ऐन, २०४९ र प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर भएको दाबी गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्