Skip to content

लोमान्थाङबाट २ करोड बढीको भेपसहित १ जना नियन्त्रणमा

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन्, जो कन्टेनर चालक हुन्।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार, ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा ८० कार्टुन भेप बरामद गरिएको हो। बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने लामालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छोसेरमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार