Skip to content

‘एकताका नाममा पेल्ने, हेप्ने वा कारबाही अस्वीकार्य’ : सुनिल शर्मा

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी एकताका नाममा कसैले पनि कारबाही गर्ने, हेप्ने वा पेल्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको समयमा पत्रकार सम्मेलनमार्फत उनले एकताको आह्वान गर्दै भने,
“साथीहरू एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ। यस्तो अवस्था आयो भने जिम्मेवार कार्यकर्ताहरू जुर्मुराउनुपर्छ। कांग्रेस संकटमा परे देश संकटमा पर्छ।”

साथै उनले संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने र विशेष महाधिवेशन पक्षधरहरूले पनि एक कदम पछि हटेर पार्टी र कार्यकर्ताको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

शर्माले भने, “विषम परिस्थितिमा पार्टी र भावी पुस्ताको भविष्य सोचेर संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ। विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि सहकार्य गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्