काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्र वर्तमान चुनौतीको सामना गर्न नसकिने बताएका छन्। मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमी आवश्यक रहेको उल्लेख गरे।
उनले सबै राजनीतिक दलले विगतका कमजोरीमाथि आत्मसमीक्षा गर्नुपर्ने र नेकपाले आफ्ना कमजोरी सच्याउँदै रुपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिएको बताए। प्रचण्डले राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रिया अघि बढाइएको स्पष्ट गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्