काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्ने भएका छन्।
बुधबार संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
आज बिहान ११ः३० बजे बस्ने गरि विधायन व्यवस्थापन समिति बैठक तय भएको छ। बैठक सिंहदरबारस्थित समिति बैठक कक्षमा बस्नेछ।
समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१७औँ बैठक दिनको १ः०० बजे बस्दैछ । बैठक संघीय संसद सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हलमा बस्दैछ ।
बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन (२०८१÷०८२) सम्बन्धमा छलफल गरिनुका साथै विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्