काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ परेका छन्।
खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार, काठमाडौँतर्फबाट इलाम जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट उक्त रकम फेला परेको हो।
प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा रकमको स्रोतबारे स्पष्ट जानकारी नपाएको जनाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्