काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज ललितपुरको कुपण्डोलस्थित पार्टी प्यालेसमा बसिरहेको छ। बैठकको जानकारी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले दिइन्।
भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो।
पुस २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेशनले नयाँ कार्यसमिति गठन गरेपछि पार्टीमा केही आन्तरिक विवाद र विभाजन देखिएको थियो।
त्यसै क्रममा संस्थापन पक्षले बुधबार केन्द्रीय कार्यसमितिको बैठक राखेर दुवै महामन्त्री थापा र शर्मालाई अनुशासनको कारबाही गर्दै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको घोषणा गरेको छ।
बैठकका विषयवस्तु र आगामी रणनीतिबारे पार्टीले सार्वजनिक जानकारी दिने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्