। सुनसरीको भोक्राहानर्सिङ–८, सोनियाहीमा ट्रक पल्टिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्गको घुम्तीमा अनियन्त्रित भई पल्टिएको हो। ट्रकमा टायल र मार्बल लोड गरिएको थियो र पछाडि सामानमाथि बसेका पाँच मजदुरलाई सामानले थिचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले बताए।
मृत्यु हुनेमा सबै बर्जु गाउँपालिका–१ का गुरुङ समुदायका सदस्य रहेका छन्: ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ।
ट्रकमा चालकसहित जम्मा ९ जना सवार थिए। क्याबिनमा सवार ४ मध्ये ३ जना सामान्य घाइते भएका छन्, जबकि चालक फरार छन्। घाइतेहरूको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्