काठमाडौँ । आजदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार अब बैंक तथा वित्तीय संस्थाले एउटै व्यक्तिसँग एक पटकमा ५ लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि नगद कारोबारको सीमा १० लाख रुपैयाँ रहेको थियो ।
नयाँ व्यवस्थाअनुसार कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा ५ लाख रुपैयाँभन्दा बढी नगद झिक्न पाउने छैनन् । त्यस्तै, कुनै पनि सामान वा सेवाको खरिद–बिक्री गर्दा ५ लाख रुपैयाँभन्दा बढी रकम नगदमै लेनदेन गर्नसमेत निषेध गरिएको छ ।
राष्ट्र बैंकका अनुसार धेरै नगद कारोबार हुँदा अवैध कारोबार, कर छल्ने तथा गैरकानुनी गतिविधिको जोखिम बढ्ने भएकाले सीमा घटाइएको हो । यसले डिजिटल तथा अनलाइन कारोबारलाई प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।
यद्यपि, नगद निकासीमा सीमा तोकिए पनि बैंक वा वित्तीय संस्थामा नगद जम्मा गर्न, ऋणको सावाँ–ब्याज तिर्न वा बैंकहरूबीचको अन्तरबैंक कारोबारमा भने रकमको कुनै सीमा लाग्ने छैन ।
यसैगरी रेमिट्यान्स कम्पनी, सहकारी संस्था, पूर्वाधार आयोजना, जलविद्युत्, सडक तथा सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक र ज्याला भुक्तानीजस्ता प्रयोजनका लागि भने तोकिएको सीमाभन्दा बढी नगद कारोबार गर्न पाइने व्यवस्था कायम गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्