Skip to content

देउवा पक्षको दाबी : ‘गगन थापाको आधिकारिकता दाबी लोकतन्त्रमाथि षड्यन्त्र’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षड्यन्त्रको संकेतको रूपमा अर्थ्याएका छन्।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यसहित आयोग पुगेका खड्काले आयोगका पदाधिकारीसामु भने, “नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, हामीले गरेको परिवर्तनमाथि गम्भीर षड्यन्त्रका संकेतहरू देखिन थालेका छन्। त्यसैको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा केही व्यक्तिहरू कांग्रेसको आधिकारिकता दाबी गर्न आएका हुन्।”

खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै नेपाली कांग्रेसको आधिकारिक कार्यसमिति भएको पनि पुनः स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार