Skip to content

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा तथा हिमपातको सम्भावना

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ। आज दिउँसो तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने तथा उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार