काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेको छ। गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि त्यसलाई बदर गर्न माग गर्दै देउवा पक्षले रिट निवेदन दायर गरेको हो।
देउवा समूहका तर्फबाट नेता पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वोच्च अदालत पुगेको रिट निवेदन दर्ता प्रक्रियामा रहेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन्।
उनका अनुसार पार्टीको विधि र विधान विपरीत विशेष महाधिवेशन बोलाई नयाँ कार्यसमिति चयन गरिएको दाबी गर्दै उक्त महाधिवेशनलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा समूहले कानुनी लडाइँको बाटो रोजेको हो। अब यस विषयमा सर्वोच्च अदालतको आदेशले नेपाली कांग्रेसको आन्तरिक विवादमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्