Skip to content

महिला टी-२० ग्लोबल छनोट : थाइल्यान्डसँग नेपाल पराजित, दोस्रो खेल बिहीबार हुने

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। अन्तिम दुई रन आवश्यक अवस्थामा थाइल्यान्डले विजयी चौका प्रहार गरेको थियो।

थाइल्यान्डका लागि नथाकन चन्थम अविजित ५७ रन बनाइन्। नानपत कोन्चारोन्काईले ३२ रन र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन्। नेपालका लागि दुवै विकेट सीता रानामगरले लिए।

नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो र २० ओभरमा अलआउट हुँदै १२२ रन मात्र बनाउन सक्यो। नेपाली टोलीका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् भने रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १७ रन बनाइन्।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ विकेट लिए भने सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १-१ विकेट लिए।

नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार