Skip to content

काठमाडौँ महानगरमा मेयर पद रिक्त, डङ्गोल कार्यवाहक मेयर नियुक्त

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएसँगै उपमेयर सुनिता डङ्गोल कार्यवाहक मेयर बन्नुभएको छ।

संविधानको धारा ११६ को उपधारा ८ अनुसार मेयरले आफ्नो राजीनामा उपमेयरसमक्ष बुझाउनुपर्ने व्यवस्था छ। उपमेयरले मेयर समक्ष लिखित रूपमा राजीनामा प्राप्त गरेपछि पद रिक्त हुने व्यवस्था यसै धारामा उल्लेख गरिएको छ।

मेयर शाहले पदबाट राजीनामा दिएपछि उपमेयर डङ्गोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाली नगर कार्यपालिका बैठक आह्वान गरिन्। बैठकमा उनले मेयर शाहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासन र विभिन्न क्षेत्रका योजनामा गरेको योगदानको लागि धन्यवाद व्यक्त गरिन्।

यस निर्णयसँगै काठमाडौँ महानगरपालिकामा अब उपमेयर डङ्गोल नेतृत्वमा कार्यवाहक संरचना कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार