Skip to content

एमालेका बस्नेतविरुद्ध रास्वपाबाट खत्रीको उम्मेदवारी

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । भक्तपुर–२ मा एमालेका प्रभावशाली नेता महेश बस्नेत विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने भएको छ।

खत्री पहिले काठमाडौं–१० बाट उम्मेदवार बन्ने तयारीमा थिए, तर अन्तिम निर्णयअनुसार उनलाई भक्तपुर–२ मा उठाउने टुंगो लागेको हो।

जेन-जी आन्दोलनपछि बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सक्रिय रहेकाले रास्वपाले उनलाई पराजित गर्ने उद्देश्यसहित खत्रीलाई अघि सार्ने रणनीति बनाएको बुझिएको छ। खत्री पूर्व सञ्चारकर्मी हुन्।

सामाजिक सञ्जालमा बस्नेत र खत्रीबीच तीखा वाकयुद्ध पनि चल्दै आएको थियो। खत्रीले बस्नेतविरुद्ध टिप्पणी गरिरहँदा बस्नेतले पनि प्रतिक्रिया दिएका थिए। यस आपसी प्रतिस्पर्धाले चुनावी भिडन्त रोचक हुने देखिएको छ।

भक्तपुर–२ बस्नेतको निर्वाचन क्षेत्र भए पनि खत्री काठमाडौं–१० बासिन्दा हुन्। गत आमनिर्वाचनमा बस्नेत पराजित भएका थिए भने खत्री पहिलोपटक राजनीतिमा होमिएर चुनाव लड्दैछन्।

पार्टी सभापति रवि लामिछाने र मेयर बालेन शाहको सल्लाहमा खत्रीलाई काठमाडौं–१० सट्टा भक्तपुर–२ पठाउने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार