Skip to content

पूर्वसांसद शाहको एमालेबाट राजीनामा, रुपन्देही–३ बाट उम्मेदवारी असफल

कालोपाटी

३ घण्टा अगाडि

 काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा र पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले छाडेका छन्। टिकट नपाउने पक्का भएपछि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर राजीनामा पठाएका हुन्।

शाह रुपन्देही–३ बाट उम्मेदवार बन्न चाहन्थे। तर पार्टीले उक्त क्षेत्रमा वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट भए।

शाहले पार्टीमा अवसरवादी धेरै भएको कारण बस्न औचित्य नभएको बताएका छन्। उनले ९ वर्षअघि केपी ओली र विष्णु पौडेलसँग भेटेर एमाले प्रवेश गरेका थिए।

राजीनामा पत्रमा शाहले पार्टीमा कुनै अवसर नपाएको गुनासो व्यक्त गरेका छन्। उनी ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार